२३ कार्तिक २०८३, सोमबार

संसद चल्नेवित्तिकै मधेसी र थारु सांसद रोष्टम घेराउ गर्न पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod11काठमाडौं, १९ पुस । संसदको बैठक सुरू हुनेवित्तिकै मधेसी मोर्चाका सांसदहरूले सदाझै रोष्टम घेराउ गर्नुका साथै नारावाजी गरेका छन् ।

निर्धारित समयभन्दा एक घण्टा ढिला गरेर सुरू भएको संसद बैठकमा मधेसी मोर्चा र थारु सांसदहरूले नारावाजीका साथै घेराउ गरेका हुन् । उनीहरूको घेराउ र नारावाजी भएपनि संसदको बैठक चलिरहेको छ ।

बैठक सुरू गर्दै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको व्यहोरोरा पढेर सुनाउनु भएको थियो ।

त्यसै गरी सदनमा महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘खोप विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२ पेश गर्नुभएको छ ।