२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाका दुई घटकको अलग अलग कार्यक्रम आजदेखि सुरु, मोर्चा संकटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ पुस । शीर्ष नेताहरूबीचको खटपटका कारण कमजोर भएको मधेसी मोर्चाका दुई घटकले आजदेखि अलग अलग कार्यक्रम सुरु गर्दैछन् ।

संघीय समाजवादी फोरम नेपालले आज काठमाडौंमा अलग कार्यक्रम गर्न थालेको छ । सद्भावना पार्टीले पनि मधेसका जिल्लाहरूमा आजैदेखि आफ्नो एकल कार्यक्रम गर्न थालेको महासचिव मनीष समुनले जानकारी दिनुभएको छ ।

दुबै दलका कार्यक्रममा आआफ्नो समर्थन रहने नेताहरूले जनाए पनि आन्तरिक विवादका कारण असहयोग रहने स्रोतको भनाइ छ ।

उता, मधेसी मोर्चा सहभागी रहेको संघीय गठबन्धनले बुटवलमा आज बिरोध सभा गर्दैछ । सो सभामा मधेसी मोर्चाका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

आजदेखि सुरु भएका मधेसी मोर्चाका आआफ्ना कार्यक्रमले मधेसको आन्दोलन झन् कमजोर बनाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।