२३ कार्तिक २०८३, सोमबार

एमाओवादीमा प्रचण्डलाई तीव्र दबाब, मन्त्री नबनाएको भन्दै पार्टी छाड्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौं, १८ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले तनाबमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कम भन्दा कम मन्त्री पठाउने अडानका कारण पार्टीभित्रै आफ्नो आलोचना भएपछि प्रचण्ड तनाबमा परेका हुन् । एमाओवादीमा असन्तुष्ट केही केन्द्रीय सदस्यहरुले प्रचण्डको अलोचना गर्दै माघ ३ गते आयोजना गरिएको केन्द्रीय प्रशिक्षण भेला बहिष्कार गर्ने तयारी गरेका छन् ।

प्रचण्ड निकट स्रोतका अनुसार एमालेले ६-६ जना राज्यमन्त्री थप्दासमेत एमाओवादीले कमभन्दा कम मन्त्री पठाउँछु भनेर अडान राख्नु गलत भएको भन्दै आलोचना गरिरहेका छन् । उनीहरुले मन्त्री नबनाए पार्टी छाड्ने धम्की समेत प्रचण्डलाई दिन थालेका छन् ।

‘एमालेले ६–६ जना मन्त्री थप्दा केही नहुने, राप्रपा नेपालले त सहायक मन्त्री पनि राख्यो, हाम्रा अध्यक्ष प्रचण्डले मन्त्री थप्दा कति अलोचना होला र ? यो त पाार्टीले हामीमाथि गरेको अन्याय हो ।’ मन्त्री पदका एक आकांक्षीले भने ।

उनले आफूहरु माघ ३ गते बोलाइएको एमाओवादी केन्द्रीय प्रशिक्षण भेलामा सहभागी नहुने बताए । शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले ६ जना राज्यमन्त्रीलाई शपथ खुवाउनुभएको थियो ।