२३ कार्तिक २०८३, सोमबार

सुशीललाई पत्तासाफ गर्न शेरबहादुर समूहको यस्तो छ नयाँ रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-deubaकाठमाडौं, १८ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेस आफ्नो १३औँ महाधिवेशन आगामी फागुन महिनाभित्र सम्पन्न गर्न जोडतोडले गृहकार्यमा जुटेको छ । गृहकार्यसँगै कांग्रेसको सभापति, पदाधिकारी एवम् केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूका विषयमा बाक्लै चर्चा हुन थालेका छन् ।

नेता शेरबहादुर देउवा समूह आफ्नो सचिवालय र संयन्त्र परिचालन गरेर सभापति सुशील कोइरालाविरुद्ध खुलेर मैदामा उत्रिएको छ ।

प्रोपोगाण्डासहित उत्रिएको देउवा समूहले केन्द्रीय नेताहरूलाई आफ्नो पक्षमा बनाउन सक्रिय भएको हो ।

सभापति कोइराला समूहको सचिवालय कमजोर रहेका कारण खासै प्रोपोगाण्डा गर्न सकेको छैन । सचिवालयमा रहेका अतुल कोइराला, अमेरिकी नागरिक मृदुला कोइराला, इनिस्पेक्टर मोहन आचार्य र सागर खनालले कोइरालालाई हराउन टुप्पी कसेर लागेको आरोप छ ।

सागर खनालले कोइरालाका हरेक गतिविधि नरहरि आचार्य र देउवा समूहसमक्ष पुगाउँदै आएका छन् ।

सागर नरहरिका आफन्त पर्छन् । नरहरिकै दबावमा कोइरालाले सागरलाई सल्लाहकारका रुपमा राखेका हुन् । मोहन आचार्यले कोइरालाका सूचना आफ्नो सुरक्षा संयन्त्रमा पुगाउने गरेको स्रोतले जनाएको छ ।

अमेरिकी नागरिक (एनआरएन) मृदुला कोइरालालाई कमाउ धन्दामा लाग्न ठीक्क छ । मृदुलाले कोइरालालाई सक्नकै लागि महाराजगञ्जमा अड्डा जमाएर बसेको आरोप लागेको छ । सभापति कोइरालालाई भेट्न आउनेहरूलाई मृदुलासहितको यो समूहले भेट्नैदिँदैन ।

सभापति पदमा पुनः उम्मेदवारी दिएर आफ्ना भतिजा डा.शशांक कोइरालालाई कार्यबाहक सभापति दिने सुरसार गरेका कोइरालाको योजना बुझेर कोइराला परिवारभित्र बिरोध हुन थालेको छ । विपि पुत्र डा.शशांक दाङतिर घर भएका कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीका मिल्ने साथी हुन् । यी दुईको जाडी अलि बाक्दै देखिने गरेको ।

प्रत्यक्षमा पराजित भएपछि आरक्षणबाट केन्द्रीय सदस्य बनेका दीपक गिरी १३औँ महाधिवेशनमा आरक्षणबाट केन्द्रीय सदस्य बन्ने दाउमा लागेका छन् । तर यस पटक गिरीलाई राप्तीका कार्यकर्ताले हराउने चेतावनी दिन थालेका छन् ।

कोइराला क्याम्पभित्रको असन्तुष्टि र सचिवालयका गलत मान्छेहरूका कारण देउवातिर नेता/कार्यकर्ता निकै आकर्षित हुन थालेका छन् ।

सभापति कोइरालाले मनोनीत गरेका केही केन्द्रीय सदस्य संस्थापन समूह त्यागेर नेता देउवाको क्याम्पमा पुगेका छन् । कोइरालासँग निकै निकट रहेका केही नेता अहिले वरिष्ठ नेता देउवासँग निकट हुन पुगेका छन् ।

उनीहरू देउवा पक्षीय नेताहरूको भेलामा जाने, नयाँ बानेश्वरस्थित देउवाको सम्पर्क कार्यालयमा उपस्थिति हुने र गोप्य रणनीतिक बैठकहरूमा समेत उपस्थिति भई कोइराला क्याम्पलाई कमजोर बनाउने रणनीति तय गर्ने गरेको स्रोतको भनाइ छ ।

सभापति कोइरालाद्वारा मनोनीत गरिएका केन्द्रीय सदस्यद्वय श्याम घिमिरे र केशवकुमार बुढाथोकी संस्थापनलाई त्यागेर देउवा क्याम्पमा पुगिसकेका छन् । घिमिरे सिन्धुली र बुढाथोकी झापाका प्रभावशाली नेता हुन् ।

चन्द्र भण्डारी र मानबहादुर विश्वकर्माले कोइराला क्याम्प छाडिसकेका छन् । उनीहरू पनि अहिले देउवा क्याम्पसँग निकट भएका हुन् ।

अर्घाखाँचीका विश्वकर्मा अघिल्लो महाधिवेशनमा दलित कोटाबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

स्रोतका अनुसार देउवा पक्षीय हरेक भेला र बैठकमा आजभोलि उनीहरूको उपस्थिति हुने गरेको छ । सभापति या महामन्त्रीको उम्मेदवारीको घोषणा गरेका अर्जुननरसिंह केसी पनि पछिल्लो समय देउवासँग निकट भएका छन् ।

देउवा क्याम्पबाट महामन्त्रीमा चुनाव लड्न कुराकानी भइरहेको स्रोतको दाबी छ । गुट फेरेको घोषणा भने केसीले अझै गरेका छैनन् । केसी देउवा क्याम्पमा गए चर्चित युवा नेता गगन थापा, जगदीश्वर नरसिंह केसीलगायतले पनि गुट फेर्नेछन् ।

१३औं महाधिवेशनको संघारमा अन्य केही नेताले पनि गुट फेर्ने गृहकार्य थालेका छन् । खासगरी महाधिवेशनमा आफ्नो स्थिति बलियो बनाउन उनीहरूले शीर्ष नेताहरूसँग औपचारिक र अनौपचारिक कुुराकानी सुरु गरेका हुन् ।

१२औं महाधिवेशनका बेला देउवासँग निकट पाँच शीर्ष नेताहरू प्रकाशमान सिंह, बलबहादुर केसी, दीपकुमार उपाध्याय, नारायण खड्का र चिरञ्जीवी वाग्ले कोइराला क्याम्पमा गएका थिए ।

देउवा क्याम्पबाट चुनाव जितेका मीनेन्द्र रिजाल चुनावपछि कोइराला क्याम्पमा पुगेका थिए ।

गत महाधिवेशनमा एक पटकका लागि मात्रै सभापति हुनेभन्दै चुनाव जितेका कोइराला पुनः उम्मेदवार बन्ने योजनामा लागेपछि अब पार्टी नै समाप्त हुने भन्दै देउवातिर नेताहरू जान थालेका हुन् ।