२३ कार्तिक २०८३, सोमबार

गच्छदार भन्छन्- संविधानमा सबैले अधिकार पाएका छन्, मधेस आन्दोलनको आचित्य छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijaya-gachhadar-dainiknepalविराटनगर, १६ पुस । उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानमा सबैको अधिकार समेटेको बताउनुभएको छ ।

यहाँ आज पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफ्नै संविधान आफैँले बनाउने ६५ वर्षदेखिकोे जनताको सपना साकार भएको बताउँदै तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा भएको र सबैभन्दा बढी मधेसकै जनजीवन तहसनहस भएको छ भन्नुभयो ।

उहाँले आफ्नो दलले भर्खरै महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिँदै उहाँले पार्टीको सङ्गठनलाई बलियो र विस्तार गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

दलका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिव चन्देश्वर खत्रीले पार्टीको सङ्गठनलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिनुभयो । रासस