२३ कार्तिक २०८३, सोमबार

एमालेको मेची-महाकाली अभियानका लागि केन्द्रीय कमाण्डर छनोट, को-कहाँ खटिए ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १६ पुस । नेकपा एमालेले ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान-२०७२’ सुरु गरेको छ ।

‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि : अबको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि’ भन्ने मूल नाराका साथ सञ्चालन हुने यस अभियानका क्रममा राष्ट्रव्यापीरुपमा पार्टीपङ्क्ति र जनसमुदायलाई परिचालित गर्ने योजना रहेको छ ।

अभियानपछि सिङ्गो पार्टी पङ्क्तिले नेपालको संविधानको मुख्य अन्तरवस्तुबारे जानकारी प्राप्त गर्ने र संविधान निर्माणमा पार्टीको नेतृत्वदायी भूमिका र संविधानमा नीतिहरूको प्रभावका बारेमा स्पष्ट हुनेछ । संविधान घोषणाको ऐतिहासिक महत्व र संविधान जारी भएसँगै आफूहरुको आन्दोलनको एउटा महत्वपूर्ण चरण पूरा भएको तथा नेपाल नयाँ युगमा प्रवेश गरेको यथार्थबारे पार्टीपङ्क्ति स्पष्ट हुने एमालेले जनाएको छ ।

संविधान घोषणापछिको स्थिति र पार्टीले चाल्नुपर्ने कदमका सन्दर्भमा पार्टीले चितवनमा गत मङ्सिर २१–२२ मा सम्पन्न ‘विशेष राष्ट्रिय कार्यकर्ता भेला’बाट प्राप्त सुझावलाई समेत समेटेर यही पुस ५ गते गरेको निर्णयअनुसार सो अभियान सञ्चालन गरिएको हो । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित रेडक्रस भवनमा अभियानको उद्घाटन गर्नुभएको हो ।

सो पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार अभियान फागुन २१ गतेसम्म चल्नेछ ।

अभियानका लागि मेची/कोसीमा भीम आचार्य, सगरमाथामा शङ्कर पोखरेल र सत्यनारायण मण्डल, जनकपुरमा गोकर्ण विष्ट, नारायणीमा योगेश भट्टराई, गण्डकीमा प्रदीप ज्ञवाली, धवलागिरिमा मुकुन्द न्यौपाने, लुम्बिनीमा पृथ्वीसुब्बा गुरुङ, राप्ती/कर्णालीमा युवराज ज्ञवाली, भेरीमा घनश्याम भुसाल, सेतीमा किरण गुरुङ, महाकालीमा केशव वडाल, उपत्यकामा अष्टलक्ष्मी शाक्य, बाग्मतीमा सुरेन्द्र पाण्डे र सम्पर्क मञ्चमा छविलाल विश्वकर्मालाई केन्द्रीय संयोजकका रुपमा खटाइएको छ । रासस