– अर्जुन सिंह
महेन्द्रनगर, ७ पुस । कञ्चनपुरमा एक महिलालाई आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
विष सेवन गराएर छोरीको हत्या गरेको अभियोगमा दैजीको शान्तिपुरकी डम्मरा पन्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बेदकोट नगरपालिका १३ शान्तिपुरकी ३० बर्षिया पन्तले ८ बर्षकी छोरी लक्ष्मी पन्तलाई विष सेवन गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मृतक लक्ष्मीको शवलाई घरबाट झण्डै एक किलोमिटर टाढा चौधर नदीको किनारमा जमिनमा गाडने क्रममा प्रहरीले फेला पारेको थियो ।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलका अनुसार सौतेनी आमा डम्मराले छोरी लक्ष्मीको शव आफन्तहरुको सहयोगमा खाडलमा गाड्ने क्रममा शवसहित आरोपी डम्मरालार्ई पक्राउ गरिएको बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान गर्न डम्मरालाई जिल्ला प्रहरी कार्यालय पठाईएको छ ।
सोमबार राती आमा डम्मराले छोरी लक्ष्मीलाई विष सेवन गराएपछि लक्ष्मीले गरेको वान्ता विरोलोले खादा विरालो समेत मरेको जिल्ला प्रहरी कार्यालय कञ्चपपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए ।
प्रहरीलाई प्रारम्भिक बयानमा सौतेनी आमा डम्मराले छोरीले बदाम खाएर वान्ता गरेको बताएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














प्रतिक्रिया