१३ कार्तिक २०८३, शुक्रबार

शुल्क उठाएर एसएलसी पूर्व परीक्षा नलिन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slc

काठमाडौँ, ७ पुस । नेपाल राष्ट्रिय अभिभावक सङ्घले निजी विद्यालयले कानुनी व्यवस्थालाई चुनौती दिँदै शुल्क उठाएर आगामी माघ १४ गतेदेखि एसएलसी प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने तयारी गरेकामा आपत्ति जनाएको छ ।

सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले आज जारी गर्नुभएको विज्ञप्तिमा विद्यालयले जुनसुकै तहका विद्यार्थीको स्तर मूल्याङ्कन गर्न जुनसुकै समयमा विद्यालयमा आन्तरिक परीक्षा लिनसक्ने तर एसएलसी परीक्षापूर्व परीक्षा केन्द्र समेत निर्धारण गरी चर्को शुल्क असुली ‘सेन्ट अप टेष्ट’को शैलीमा परीक्षा लिन नपाउने कानुनी व्यवस्थाबारे ध्यानाकर्षण गराएको छ ।

साथै त्यस्तो परीक्षा सञ्चालन नगर्न र विद्यार्थीलाई उत्तीर्ण वा अनुत्तीर्ण नगराउन सङ्घले आग्रह गरेको छ । रासस