
चितवन, ७ पुस । पश्चिम चितवनको नारायणी नगरपालिका कार्यालयको गाडीमा आज मध्याह्न आगजनी भएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीले चढ्ने को १ च २१७१ नम्बरको गाडी नगरपालिका कार्यालयभन्दा पाँचसय मिटर दक्षिण नारायणी नगरपालिका–६ शुक्रनगरमा पेट्रोल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गाडीमा कार्यकारी अधिकृत सुवेदी, चालक गणेश आचार्य र कर्मचारी निता बस्याल रहेका र उनीहरूलाई ओरालेर आगो लगाइएको प्रहरीले जनाएको छ ।
मुखमा कालो मास्क लगाएर तीनवटा मोटरसाइकलमा आएका छजनाको एक समूहले गाडीमा आगजनी गरेर फरार रहेको प्रहरीले जनाएको छ । रासस














प्रतिक्रिया