१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा त्रिविको निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari

काठमाडौँ, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययनमा कुनै उमेर हद नभएकाले सबै उमेर समूहका लागि उचित हुने गरी शैक्षिक संस्थाको भौतिक संरचनाको विकास गरिनुपर्ने बताउनुभएको छ ।

भूकम्पले त्रिविमा पु¥याएको क्षतिको आज अवलोकन गरेपछि आयोजना गरिएको कार्यक्रममा उहाँले भन्नुभयो, “अब गरिने नवनिर्माण उच्च प्रविधिको प्रयोग गरेर भूकम्प प्रतिरोधात्मक एमव् वातावरणमैत्री हुनुपर्छ, अध्ययन भनेको एक प्रकारको तपस्या भएकाले यहाँ आएर गरिने पठनपाठन सोही अनुसारको हुनुपर्छ ।”

त्रिवि आफै कमजोर अवस्थामा प¥यो भने अरुलाई संयोजन गर्न कठिन हुने भएकाले सबल भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले त्रिविलाई प्रमुख प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा विकास गरिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले पुनःनिर्माण गर्नुपर्ने र कतिपय जीर्णोद्धार गर्नुपर्ने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्रिविसँग भएको जग्गालाई यथोचित रुपमा उपयोग गर्ने गरी विस्तृत गुरुयोजना बनाएर पुनःनिर्माण, जीर्णोद्धार गर्ने र नयाँ निर्माणका लागि आवश्यकतालाई ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीको जोड थियो । उहाँले भन्नुभयो, “त्रिविको योजना र प्रतिबद्धता आएमा पुनःनिर्माण, जीर्णोद्धार र नवनिर्माणका लागि स्रोत र साधनको अभाव हुँदैन ।”

राष्ट्रपति भण्डारीले भन्नुभयो, “यो विश्वविद्यालय कमजोर हुनु हुँदैन, अहिले बहुविश्वविद्यालयको अवधारण आए पनि जेठो भएको नाताले अन्य विश्वविद्यालयलाई पनि समन्वय गर्ने प्रमुख भूमिका यसको हुुनुपर्छ ।”

उहाँले अवलोकनका क्रममा आफूले पाएको यथार्थ विषयमा सरकारसमक्ष राख्ने र त्यसतर्फ काम गर्न घचघच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भ्रमणका अवसरमा त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणका लागि रु नौ अर्बभन्दा बढीको आवश्यक भएकाले त्यसका लागि पुनःनिर्माण प्राधिकरणमा पहल गरिने बताउनुभयो ।

त्यसैगरी त्रिवि केन्द्रीय पुस्तकालयमा भएको क्षतिका विषयमा पुस्तकालय प्रमुख जनार्दन ढुङ्गाना, वनस्पति शास्त्र केन्द्रीय विभागका विषयमा विभागीय प्रमुख हरिप्रसाद पराजुली र त्रिवि स्मृति भवनका विषयमा त्रिवि कार्यकारी परिषद् सचिवालयका सचिव भोलाप्रसाद ढकालले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । रासस