१३ कार्तिक २०८३, शुक्रबार

पीडितले न्याय पाउनेगरी काम गर्न वेपत्ता आयोगलाई प्रधानमन्त्रीको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-Kp-Sharma-oliकाठमाडौं, ७ पुस । बेपत्ता परिवार छानबिन आयोगका अध्यक्षसहित आयोगका सदस्यहरुले आज प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गर्नुभई आयोगका गतिविधिबारे जानकारी गराउनुभएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले आयोगका कामलाई तिब्रताका साथ अघि बढाउन सुझाव दिनुभयो ।

प्रधानमन्त्रीले शान्तिप्रक्रियाका अन्तिम कडीका रुपमा रहेका बेपत्ता परिवार छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले विगतको सशस्त्रद्धन्दका असरलाई समाजबाट समाप्त पार्ने गरी काम गर्न आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्रीले आयोगको काम पीडितले न्याय पाउन सक्ने गरी हुनुपर्नेमा जोड दिनुभयो ।