१३ कार्तिक २०८३, शुक्रबार

वृहत्तर जनकपुर क्षेत्र विकास गुरुयोजना निर्माण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sita-temple janakpur

काठमाडौँ, ७ पुुस । सरकारले जनकपुरमा रहेको एतिहासिक राम जानकी मन्दिर, मिथिला संस्कृतिलगायत समग्र विकास गर्न वृहत्तर जनकपुर क्षेत्र विकास गुरुयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

जनकपुर क्षेत्र विकास परिषद्ले आज यहाँ आयोजना गरेको ‘वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को गुरुयोजना’ प्रारम्भिक छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जनकपुर वृहत्तर गुरुयोजनामा त्यहाँको विकासको समग्र कुरा आउनुपर्ने बताउनुभयो ।

“कहाँ, कसरी, प्राविधिक प्रयोग गर्न सकिन्छ, त्यो कुरा स्पष्ट गुरुयोनजामा आउनुपर्छ”–उहाँले त्यहाँका सम्पूर्ण सांसद तथा राजनीतिक दलहरुहरुले एकतावद्ध भएर त्यहाँको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको एतिहासिक मन्दिर रामजानकीको मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गर्ने योनजा पनि गुरुयोजनामा आउनुपर्ने भन्दै मन्त्री पोखरेलले त्यसका लागि आफुले पहल गर्ने प्रतिवद्धता गर्नुभयो ।

जनकपुरमा पुगेपछि दर्शनार्थीलाई भित्रैदेखि रामराज्यको अनुभूति दिन सक्ने खालको व्यवस्था समेत त्यहाँ गर्नुपर्ने उहाँको भनाई थियो ।
रामजानकी मन्दिरलाई युद्ध र हतियारको थलो बनाउन नहुने भन्दै मन्त्री पोखरेलले राष्ट्रध्यक्ष त्यहाँ पुग्दा सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्रीहरु रामचन्द्र झा र सत्रुधन महत्तो, सांसदहरु सितल झा, प्रमिलाकुमारी तिवारीलगायतले जनकपुरको प्राकृतिक सुन्दरतालाई कायम राख्न र धार्मिक पर्यटनको आकर्षणमा थप वृद्धि गर्न प्रारम्भिक गुरुयोजनाअनुरुको बजेट माग गनुभएको थियो ।
त्यस्तै, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोषजस्तै गरी जनकपुर क्षेत्र विकास कोषको अवधारणको विकास गरी त्यहाँ समग्र विकासमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

आर्किटेक्चर इन्जिनियर पोषण थापाले प्रस्तुत गर्नुभएको वृहत्तर जनकपुर गुरुयोजना रु १० अरव लाग्नेछ । जनकपुरमा रामजानकी मन्दिर, गंगा सागर, मणि सागरलगायत ४९० पोखरीहरु छन । सो धार्मिक क्षेत्रको विकास गर्न सकेमा धार्मिक पर्यटकहरुको आकर्षण झन् बढने कुरा गुरु योजनामा राखिएको छ ।