१३ कार्तिक २०८३, शुक्रबार

पत्रकारितामा गुणात्मक सुधार आवश्यकः रासस अध्यक्ष वाग्ले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kulchandra-Wagle

– सुधासुमन ढकाल
दाङ, ३ पुस । राष्ट्रिय समाचार समितिका केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्लेले अहिलेको पत्रकारितामा गुणात्मक सुधार गर्नुपर्ने थुप्रै ठाउँहरु भएको बताउनुभएको छ ।

रिर्पोर्टस क्लव दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष वाग्लेले अहिलेको पत्रकारिता स्वतन्त्र, सुधारोन्मुख भएको बताउदै पत्रकारिताका माध्यमबाट राष्ट्रलाई सकारात्मक परिवर्तन गर्न सकिने बताउनुभयो ।

एकजना पत्रकारले गल्ति गरेमा सिंगो समाजलाई नकारात्मक प्रभाव पर्ने हुँदा उहाँले पत्रकारहरुलाई आफ्नो पेशाप्रति संवेदनशिल भएर लाग्न समेत सुझाव दिनुभयो ।

क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष वाग्लेले संविधान संशोधनले कयौं असन्तुष्ट आवाजहरुलाई समेट्न सक्ने अपेक्षा समेत व्यक्त गर्नुभयो । सोहि अवसरमा बरिष्ठ पत्रकार एवम् नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले पत्रकारहरुमा कर्तव्य परायण, निष्ठा, इमान्दारिता लगायतका गुणहरुमा हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।