१३ कार्तिक २०८३, शुक्रबार

सङ्घीयताले जनताको अधिकारलाई सवलीकरण गर्ने विश्वास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanghiyata

नेपालगन्ज, ३ पुस । संविधानले व्यवस्था गरेको सङ्घीय शासन प्रणालीको संरचनागत व्यवस्थाले जनताको अधिकारलाई विकेन्द्रित मात्र होइन सवलीकरणसमेत गर्ने विश्वास व्यक्त गरिएको छ ।

जिविस महासङ्घद्वारा आज यहाँ आयोजित ‘सङ्घीय संरचनाका तुलनात्मक अनुभवहरु : अन्तरसरकारी सम्बन्ध र समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले तराई, पहाड र हिमाल तथा सबै जातजाति, भाषाभाषीलाई सङ्घीय व्यवस्थाको संरचनाभित्र समेटिनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा इन्स्टिच्युट अफ सोसियल साइन्सका निर्देशक एस नोरेन राय र डा शेखरमन न्यौपानेले प्रस्तुत गर्नुभएको विषयगत कार्यपत्रमाथि सहभागीबीच छलफल गराई सुझाव सङ्कलन गरिएको थियो ।

अन्तरक्रियामा बाँके जिल्लाका राजनीतिक दलका पदाधिकारी, नागरिक समाजका अगुवा, पत्रकार, महिला अधिकारवादी, कानुन व्यवसायी गरी करिब १०० जनाको सहभागिता थियो । रासस