काठमार्डौं, ३ पुस । देशको समसामयिक विषयमा निर्णय लिन मन्त्रिपरिषद बैठक आज साँझ ६ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ । बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनको सिफारिस गरेका सशस्त्र प्रहरी प्रमुअ आईजीपी कोषराज वन्तलाई बर्खास्त गरिनेछ । त्यसैगरी मधेस आन्दोलनका मागका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
यसअघि विहीबार प्रधानमन्त्री ओली व्यस्त भएपछि बैठक स्थगित गरिएको थियो ।














प्रतिक्रिया