भीमदत्तनगर, ३ पुस । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
डडेल्धुराबाट कञ्चनपुरको भीमदत्तनगरतर्फ ल्याउँदै गरेको अवस्थामा ब्युरोको टोलीले चितुवाको छाला र आखेटोपहारसहित डडेल्धुरा परशुराम नगरपालिका–१ का २८ वर्षीय खडक धामी र वडा नं १२ का ३० वर्षीय सुरत बुढामगरलाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा उनीहरुलाई कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी क्षेत्रबाट पक्राउ गरिएको अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ गरिएको अभियुक्तसहित बरामद सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकारसम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । रासस














प्रतिक्रिया