१३ कार्तिक २०८३, शुक्रबार

संसदको बैठक ८ गतेसम्म स्थगित, कार्यव्यवस्थामा सदस्य हेरफेर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३ पुस । व्यवस्थापिका संसदले आफ्नो कार्यव्यवस्था परामर्श समितिको सदस्यका नाममा हेरफेर गरेको छ ।

संसदको आज छोटो समय बसेको बैठकले कार्यव्यवस्था समितिमा दुई जना सदस्यको नाम थप गर्ने निर्णय गरेको हो ।

थपिएका नामहरूमा एमाओवादीका हितराज पाण्डे र जनमोर्चा नेपालका दुर्गा पौडेल रहेका छन् ।

जनमोर्चाका तर्फबाट सांसद चित्रबहादुर केसी उपप्रधानसहित सहकारी तथा गरिवी निवारणमन्त्री बन्न सरकारमा सहभागी हुनु भएको छ । केसी मन्त्री बनेपछि कार्यव्यवस्थामा सो पार्टीबाट एक सदस्य खाली थियो । केसीको स्थान खाली भएपछि पौडेललाई नियुक्त गरिएको छ ।

त्यसैगरी एमाओवादीका गिरिराजमणि पोखरेल पनि शिक्षामन्त्री बनेकाले एमाओवादीका तर्फबाट समितिमा सो पद खाली थियो । सो पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।

बैठकले व्यवस्थापिका संसद नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव गर्नुभएको थियो ।

सो समितिको प्रतिवेदन तयार पार्न संसदले १५ दिनको म्याद थप गरेको छ ।

संसदको अर्को बैठक आगामी बुधबार ८ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।