१३ कार्तिक २०८३, शुक्रबार

दिक्तेलमा भीषण आगलागी, पाँच घर जले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

खोटाङ, २ पुस । खोटाङको दिक्तेल नगरपालिकामा आज दिउँसो भएको आगलागीमा पाँच घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

दिक्तेल नगरपालिका–२ स्थित रत्नपार्कमा भएको आगलागी स्थानीय हीरालाल पुरीको कपडा पसलबाट सुरु भएको र तीन घण्टापछि नेपाली सेना, जनपथ र सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिइएका थिए ।

आगलागीबाट करोडौँको क्षति भएपनि यकिन विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । हीरालाल पुरीको घरमा विद्युत् सर्ट भएर सल्किएको आगोले पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर मगर र हर्कबहादुर राईको घर जलेको माझीले जानकारी दिनुभयो ।

आगलागीबाट मानवीय क्षति नभएपनि घर भाडामा बस्ने दर्जन बढी परिवार विचल्लीमा परेका छन् । आगलागी पीडितलाई रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको कार्यालय परिसरमा राखिएको छ । रासस