१३ कार्तिक २०८३, शुक्रबार

कञ्चनपुरमा मधेसी मोर्चामाथि यसरी आक्रोश पोखे उपप्रधानमन्त्री रावलले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawalपुनर्वास (कञ्चनपुर), २ पुस । उपप्रधानमन्त्री भीमबहादुर रावलले मुलुक भूकम्पले थिलोथिलो बनाएकाले सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभएको छ ।

बेलौरी नगरपालिकास्थित महाकाली बहुमुखी क्यामपसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै रक्षामन्त्री रावलले मधेसी, थारुलगायत नाममा हाल जारी आन्दोलन र लडाइँले नेपाल रुवान्डा जस्तो अस्थिर मुलुक बन्ने खतरा बढेर गएको बताउनुभयो ।

मधेसी नेतालाई लक्षित गर्दै उहाँले भन्नुभयो, “नेपालीको चुलो निभाएर सिमाना अवरोध गरेर आन्दोलनकारीले कस्तो राजनीतिक अधिकार स्थापित गर्न खोेजेका छन् ?”रासस