१३ कार्तिक २०८३, शुक्रबार

एमाओवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-pati-parbesh-1

काठमाडौं, २ पुस । देशका विभिन्न जिल्लामा कार्यरत एनेकपा (माओवादी) नेता, कार्यकर्ता तथा स्वतन्त्र गरी विभिन्न १२ जना व्यक्तिहरु नेकपा (एमाले) मा सामेल हुनुभएको छ ।

आज धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित संक्षिप्त पार्टी प्रवेश कार्यक्रममा उहाँहरुलाई पार्टी सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले रातो टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार प्रवेश गर्नेहरुमा एनेकपा (माओवादी) बाँके जिल्ला कमिटीका सदस्य प्रकाश भुजेलसहित नवराज मास्के, बलराम ढुंगाना, मनोज पण्डित, होम खड्का, गेमप्रसाद रोका, विनोद गोदार, मदन पोखरेल, बाला मण्डल, मौसम वाइवा, नम्रता श्रेष्ठ र लीलाबल्लभ पाण्डे रहनुभएको छ ।

Uml-pati-parbesh

कार्यक्रममा बोल्दै संगठन विभाग प्रमुख गुरुङले नेकपा (एमाले)को कार्यदिशा सही सावित भएको र यसले नै राष्ट्रियताको रक्षा तथा नेपालको मौलिक विशिष्टतामा क्रान्तिको नेतृत्व गर्ने बताउनुभयो । अर्का अतिथि पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेलले नवप्रवेशीहरुले पार्टीमा योग्यता, क्षमता र सक्रियताको आधारमा उचित जिम्मेवारी पाउने र मुलुकको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।

उक्त अवसरमा नवप्रवेशीहरुका तर्फबाट प्रकाश भुजेलले आफूहरुले एमालेमा प्रवेश गर्ने निर्णय गर्नुको कारणका बारेमा प्रकाश पार्नुभएको थियो । पार्टीका केन्द्रीय सल्लाहकार तथा सांसद देवराज भारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहित पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका केन्द्रीय सदस्यहरुलगायतको उपस्थिति थियो ।