काठमाडौँ, २ पुस । डोटीबाट आएकी एक युवतीको राजधानीमा रहस्यमय मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर चुन्यभैरव मार्ग बस्ने डोटी दिपायल सिलगढी नगरपालिका–४ घर भएकी २० बर्षीया रविना महतराज विहीबार आफ्नै बिस्तारामा मृत अवस्थामा फेला परेकी हुन् । मृत्युको कारण खुल्न सकेको छैन् ।
यसैगरी भक्तपुर नगरपालिका–२ च्यामसिंह स्थित प्रतिक्षालयमा विहिबार नाम,थर,वतन खुल्न नसकेका अंदाजी ७५ बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया