१२ कार्तिक २०८३, बिहिबार

जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatti-aatankaसुरुङ्गा (झापा), २ पुस । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक व्यक्तिको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट मेचीनगर–४ निवासी ६८ वर्षीय डम्बर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति गाउँ छिरेको जङ्गली हात्तीलाई लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको र दाराले घाँटीमा रोपेपछि कुँवरको घटनास्थलमा नै मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।

स्थानीय जङ्गलबाट निस्किएको हात्ती धपाउन गाउँले भेला भएको र हात्ती धपाउँदा धपाउँदै कुँवरलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । रासस