१२ कार्तिक २०८३, बिहिबार

शुक्लाफाँटामा महिलामाथि बाघको आक्रमण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tigerभीमदत्तनगर, २ पुस । शुक्लाफाँटा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने वनमा बाख्रा चराउन गएकी एक महिला बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ का ५२ वर्षीया कालुदेवी खत्री बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

खत्रीलाई बुधबार दिउँसो बाघले आक्रमण गरेको र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते खत्रीलाई उपचारका लागि भारत लगेको र अवस्था चिन्ताजनक रहेको छ । रासस