– सुधासुमन ढकाल
दाङ, १ पुस । इलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउन सुगर सहित दाङमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर ५ निबासी २९ बर्षका दिपक योगी र तुलसीपुर ८ निबसी २० बर्षका अरुण गन्र्धव रहेका छन् । आरोपी युवाको साथबाट ८ ग्राम ३९० मिलिग्राम अबैध ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
बा २ख ३६२६ नम्बरको हाइस गाडिमा नेपालगञ्जबाट अबैध लागुऔषध ब्राउन सुगर विक्रिवितरणका लागि लुकाई छिपाइ ल्याउदै गरेको गोप्य सुराकीका आधारमा जस्पुर अस्थाई प्रहरीपोष्ट नजिकै प्रहरीले पक्राउ गरेको थियो ।
आरोपीको शरिरमा खानतलासी गर्दा फेला नपरे पछि गाडिो ड्यास बोर्डको कवर्डमामा ब्राउन सुगर फेला पारेको थियो । थप अनुसन्धानका लागि म्याद थप गरेर योगी र गन्र्धवलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखीएको छ ।
यो संगै ४ महिनाको अबधिमा प्रतिवन्धित अबैध लागुऔषध ओसारपासार तथा विक्रिवितरणमा संलग्न रहेको आरोपमा १२ जनलाई पक्राउ गरि कार्बाही प्रकृया अघि बढाएको डीएसपी प्रसाईले बताए ।
प्रहरीले यसअघि पनि जसपुर, कालोखाला, राप्तीबबई क्याम्पस लगाएतका क्षेत्रबाट पक्राउ परेका आरोपी विरुद्ध लागुऔषध ओसार पसार सम्बन्धि ६ वटा मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । जनताको सहयोगका कारण छोटो अबधिमा सफलता हात पारेको प्रहरीले बताएको छ ।














प्रतिक्रिया