१२ कार्तिक २०८३, बिहिबार

रत्ननगरमा ट्याक्टर र बस ठोक्किँदा ६ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-bus-rent-6रत्ननगर (चितवन), १ पुस । चितवनको रत्ननगरमा आज बिहान बस र ट्याक्टर एकआपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् ।

नारायणगढबाट वीरगन्ज जाँदै गरेको ना५ख १०१० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना५त ४३२२ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाँदा उनीहरु घाइते भएका हुन् । आज बिहान करिब पौने ६ बजे भएको दुर्घटनामा बसमा सवार पाँच र ट्याक्टर चालक गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनीहरुको अहिले भरतपुरमा उपचार भइरहेको छ । घाइतेको परिचय खुलेको छैन । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस