१२ कार्तिक २०८३, बिहिबार

डाक्टरमाथि हातपात गर्नेविरुद्ध सार्वजनिक मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctorदार्चुला, २९ मंसिर । जिल्ला अस्पताल दार्चुलाका डाक्टर सन्दीप कडेलमाथि हातपात गर्ने तीन जना युवकविरुद्ध जिल्ला प्रहरीले कार्यालयले सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरेको छ ।

सोमबार बेलुका डाक्टरमाथि हातपात गर्ने अपि नगरपालिका १३ का पदमसिह ठगुन्ना, बीरसिह कुवर र प्रविन विष्टलाई राति नै पक्रेर मंगलबार सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ता गरेको डिएसपी सुशिलसिह राठौरले जानकारी दिए ।

गएराति ९ बजे जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. अमित रौनियारमाथि आक्रमण गर्न गएका ती युवकहरुले रौनियारको कोठा नभई निक साइमनका डा. कडेलको कोठामा गएर हातपात गरेको प्रहरीले जनाएको छ ।

विरामीहरुलाई खाना खुवाउने विषयमा डा. र होटल सञ्चालक पदमसिह ठगुन्ना बीच आइतबार दिउँसो भनाभन भएको स्रोतले जनायो । डाक्टरले लेखे अनुसारको खाना नखुवाउने गरेपछि डा. रौनियारले होटलको अनुगमन गरेका थिए । डा.रौनियारले सम्झौता अनुसार र आफूले लेखेबमोजिम विरामीलाई खाना खुवाउन भनेका थिए ।

उनले डाक्टरलाई दिउँसो नै धम्की दिएको बताइएको छ । सोही राति नै रौनियारलाई आक्रमण गर्न तीन चार जनाको समूहमा युवाहरु राति डाक्टरको कोठामा पुगेको डा. सन्दीप कडेलले बताए । ‘हिकिलाबाट विरामी आएका छन्, उपचार गरिदिनुपर्यो भन्दै डाक्टर कडलेको ढोकामा हानेका थिए’ उनले भने– ‘आफूले ढोका खोल्ने वित्तिकै घाटीमा समात्ने प्रयास भयो । उनले तत्कालै ढोका बन्द गरि हो हल्ला गरेपछि उनीहरु भागेको कडेलको भनाई छ ।’

सोमबारै जिल्ला अस्पताल दार्चुलाले डाक्टरहरु असुरक्षित भएको भन्दै सुरक्षा उपलब्ध गराइ दिन प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुवर जिल्ला प्रहरी प्रमुख डिएसपी सुशिलसिह राठौरलाई आग्रह गरेका थिए ।