१२ कार्तिक २०८३, बिहिबार

आन्दोलन गरेर मधेसवादी दलले देशलाई कमजोर बनाए : मन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Sharma-Minister-430x316दाङ, २९ मङ्सिर । सामान्य प्रशासनमन्त्री रेखा शर्माले नाकाबन्दीको सामना गर्नका लागि दलहरू मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

दाङजिल्लास्थित शिद्धरत्न क्याम्पस नारायणपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री शर्माले भन्नुभयो, “नाकाबन्दीले देश र राष्ट्रियता कम्जोर भएको छ, अब राष्ट्रियता बलियो बनाउन र नागरिकलाई राहत दिन पनि दलहरू मिल्नुपर्छ ।”

आन्दोलनरत मधेसवादी दलहरूलाई वार्ताबाट समस्याको समाधान खोज्न सुझाव दिँदै उहाँले भन्नुभयो, “आन्दोलन गरेर देशलाई कमजोर बनाउने काम सबै दलले छोडनुपर्छ ।”

चन्दादाताको रु ६० लाख नौ हजार आठसय, निर्वाचन क्षेत्र विकास कोषको रु १० लाख, गाविसको रु ४३ हजार २०८ सहयोग सकङ्लनमार्फत भवन निर्माण भएको क्याम्पस प्रशासनले जनाएको छ । रासस