१२ कार्तिक २०८३, बिहिबार

अख्तियारविरुद्ध मैदानमा उत्रिए कनकमणी- सर्वाेच्च अदालतमा मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanakmani-dixitकाठमाडौँ, २९ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको कारबाही बदर गर्न माग गर्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

आयोगलाई विपक्षी बनाएर अधिवक्ता प्रेमकुमार काफ्लेको नामबाट दायर गरिएको रिट निवेदनमा काम विशेषले भारत जान लागेको अवस्थामा आयोगबाट खटिएका सुरक्षाकर्मीले विमानस्थलमा पत्र बुझाएको उल्लेख गरिएको छ ।

“आयोगका सुरक्षाकर्मीले कुनै कुख्यात अन्तर्राष्ट्रिय अपराधीलाई जसरी बिनाकारण अनाहकमा दुःख दिनुले कानुनको समान संरक्षणमा आघात पुगेकोे छ”– रिट निवेदनमा भनिएको छ ।

रिट निवेदनमा आयोगले आफूविरुद्ध सुरु गरिएको काम कारबाही जेसुकै भए पनि तत्कालका लागि रोकी सम्पूर्ण काम कारबाहीे अदालतको आदेशले बदर गर्न माग गरिएको छ । रासस