१२ कार्तिक २०८३, बिहिबार

देश र जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raprapa-nepal-final-fialकाठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले पार्टी प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीलाई देश र जनताको सेवालाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले काम गर्न आज निर्देशन दिनुभएको छ ।

पार्टीको सरकार समन्वय समितिको पहिलो बैठकमा आज उपप्रधानमन्त्री थापाले पार्टीको प्रशासनिक कार्यशैलीले जनतालाई नयाँ सन्देश र प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाले स्थानीय विकास निर्माणका कार्य गर्दा राजनीतिक चिन्तन तथा दर्शनभन्दा माथि उठेर जनताका सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको उहाँका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

समितिका संयोजक राजीव पराजुलीले सम्बन्धित मन्त्रालयका जिम्मेवारीलाई समय सीमामा पूरा गर्न मन्त्रीहरुलाई आग्रह गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा नै समय दिन सुझाव पनि दिनुभयो । रासस