१२ कार्तिक २०८३, बिहिबार

सरकार र मधेसी मोर्चालाई चुरे भावरको कडा चेतावनी, अलग प्रदेशको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chureकाठमाडौं, २९ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफूहरूसँग २०६४ सालमा गरेको सम्झौताअनुसारको भावर प्रदेश कायम नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

चरे भावर पार्टीका अध्यक्ष अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरूको मागलाई बेवास्ता गरेर भावर प्रदेश दिन कन्जुस्याई गरे सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसी मोर्चा जस्तै हामीसँग पनि सरकारले ३, ५ र ९ बुँदे सम्झौता गरेर भावर प्रदेश दिने सहमति गरेको छ । अहिले मधेसी मोर्चालाई मात्र प्रदेश दिएर हामीहरूको सम्झौता कार्यान्वयन नहुने हो भने त्यसको परिणाम राज्यले भोग्नु पर्ने छ ।’

न्यौपानेले सरकारसँग भएको सहमति कार्यान्वयन गरभन्दा अरुले परिचालन गरेको आरोप लगाएर आन्दोलनलाई बद्नाम गर्ने षडयन्त्र भइरहेको भन्दै त्यस्ता षडयन्त्रकारीहरूको पर्दाफास गर्ने घोषणा गर्नुभयो ।

उहाँले मधेसी मोर्चाले प्रयास गर्दा गर्दै पनि आफूहरूकै आन्दोलनका कारण ढल्केवर देखि पश्चिमको राजमार्ग बन्द नभएको र त्यसको फलस्वरुप राजधानीबासीहरूले अत्यावश्कीय बस्तु पाईरहेको दावीगर्दै आफूहरूको मागमा राज्यले बेवास्ता गरेर राजमार्ग ढप्प पारेर राज्यलाई हैसियत देखाई दिने चेतावनी दिनुभयो ।

न्यौपानेले भन्नुभयो, ‘एक महिनादेखि हामी शान्तिपूर्ण आन्दोलनमा छौँ तर राज्यले हाम्रो माग सुनिरहेको छैन । अब दोस्रो चरणको आन्दोलनको लागि चुरे भावर कार्यकर्ता टाउकोमा कफन बाधेर निस्किसकेका छन । अब राज्यले यसको परिणाम भोग्नु पर्छ ।’

पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता चन्द्र खनाल र सहअध्यक्ष कृष्ण गोपाल श्रेष्ठ र आन्दोलन परिचालन समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष दीपमान लोप्चनले भावर प्रदेश स्थापना नहुन्जेलसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै सरकारले बेवास्ता गरेर पहिलो चुरे भावर आन्दोलनलाई पनि विर्साउने गरी राज्यलाई झुकाउने दृढता ब्यक्त गरे ।