काठमाडौँ, २९ मंसिर । ५२ तोला सुनसहित राजधानीमा दुई जना पक्राउ परेका छन् ।
इत्तिहाद एअरको २९० नम्बरको उडानद्वारा साउदी अरेवियाबाट काठमाडौँ आगमन भएका सुनसरी ईटहरी नगरपालिका–३ बस्ने ४७ बर्षीय रमेश विश्वकर्माको र सुनसरी धरान–८ घर भएका ४४ बर्षीय कुमार श्रेष्ठलाई प्रहरीले ५१ तोला सुन सहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा सोमबार प्रहरीले चेकजाँच गर्दा श्रेष्ठको साथबाट २६ तोला र विश्वकर्माको साथबाट २५ तोला सुन बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया