धुन्चे (रसुवा), २८ मङ्सिर । असमान सन्धि सम्झौता खारेजी र पुनरावलोकन गर्न माग गर्दै नेकपा माओवादी (विप्लव) समूहले धुन्चेमा सुझाव सङ्कलन गरेको छ ।
आफ्ना मागको सर्त जिल्लाबाट अनुमोदनमार्फत १८१६ को सुगौली र १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्ने, नेपाल–भारत सिमानामा प्रवेश अनुमति र श्रम इजाजतपत्रको व्याख्या, भारतीय सीमा क्षेत्रमा सशस्त्र फोर्स तैनाथ गरिनुपर्नेजस्ता माग राख्दै भारतले गरेको नाकाबन्दी प्रतिकार गर्न सबै नेपाली फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने माग अघि सारेको छ ।
सो पार्टीका केन्द्रीय सदस्य सञ्जीवले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफ्ना कार्यकर्ता, सरकारी एवम् गैससका प्रतिनिधि, सञ्चारकर्मीबीच राखी साझा अवधारणाका साथ अगाडि बढ्ने बताउनुभयो । रासस















प्रतिक्रिया