१२ कार्तिक २०८३, बिहिबार

राजधानीको बुढानिलकण्ठ र सामाखुसी चोकमा दुई जनामाथि खुकुरी प्रहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकाठमाडौँ, २८ मंसिर । धारिलो हतियार प्रहार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने नुवाकोट समुन्द्रदेवी घर भएका २१ बर्षीय रमेश सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सेन्चुरीले सोमबार सोही ठाउँ बस्ने उदयपुर सिर्सिया–५ घर भएका २८ बर्षीय पदम मगरलाई धाराको खानेपानीको बिषयमा बिबाद हुँदा धारिलो हतियार प्रहार गर्दा घाइते भएकोले न्युरो अस्पताल बाँसबारी लगिएको छ ।

यसैगरी धारिलो हतियार खुकुरी प्रहार गर्ने काठमाडौँ महानगरपालिका–३ पानीपोखरी स्थित वालुवाटार बस्ने २८ बर्षीय डेविट लामालाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको छ ।

सामाखुसी खरिवोट नजिक लामाले सोमबार व्रिटिस मोडेल कलेज थापाथलीमा अध्यनरत १७ बर्षीय विशाल गुरुङसंग सामान्य विवाद हुदाँ एक्कासी खुकुरी प्रहार गर्दा गुरुङ घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।