इलाम, २८ मङ्सिर । बालिका बलात्कार गरेको आरोपमा इलाम चुलाचुलीका एक वृद्धलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
एघार वर्षकी बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा चुलाचुली–१ का ७० वर्षीय रङ्गलाल दुलाललाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई फकाइफुल्याइ आइतबार बेलुका घरनजिकैको काँसघारीमा दुलालले बलात्कार गरेको प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिनुभयो ।
पक्राउ परेका वृद्धले बालिका बलात्कार गरेको स्वीकारेका छन् । पीडितको अवस्था सामान्य रहेको बताइएको छ । रासस














प्रतिक्रिया