गौशाला, २८ मङ्सिर । अत्यधिक चिसोका कारण महोत्तरी सदरमुकाम जलेश्वरमा आज एक जनाको मृत्यु भएको छ ।
चिसोका कारण जलेश्वर नगरपालिका–३ बस्ने ६० वर्षीय सतन यादवको मृत्यु भएको परिवारजनले जनाएको छ । गएराति अबेरसम्म छिमेकीको भोजमा सामेल भएका यादवको शीतलहरले गर्दा मृत्यु भएको छोरा राजकिशोर यादवले बताउनुभयो । रासस














प्रतिक्रिया