१२ कार्तिक २०८३, बिहिबार

अख्तियारको फन्दामा लालबाबु !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

जाजरकोट, २७ मङ्सिर । जाजरकोटका सहायक जिल्ला वन अधिकृत लालबाबु झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयबाट खटिएको टोली सेवाग्राहीबाट रु ४८ हजार लिँदालिँदै रङ्गेहात फेला पारेको छ ।

झाले रेजिना कम्पनीका दीपक रेग्मीबाट रु ४८ हजार लिएका थिए । अख्तियारका कृष्णा विष्टको नेतृत्वको टोलीले उनलाई समातेको हो । झाले भने आफूलाई फसाएको दाबी गरेका छन् । रासस