बबियाचौर(म्याग्दी), २७ मङ्सिर । सदरमुकाम बेनीबाट १४ दिनअघि बेपत्ता भएका एक युवकको शव भेटिएको छ ।
बेनी नगरपालिका ७ क्याम्पसचोकका १९ वर्षीय विकास छन्त्यालको कालीगण्डकी नदी किनारमा शव फेला परेको हो । बेनी नगरपालिका १ सारेमारेस्थित नदी किनारमा भेटिएको छन्त्यालको शवलाई आइतबार परीक्षण पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
छन्त्याल मङ्सिर १३ गतेदेखि बेपत्ता भएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस














प्रतिक्रिया