१२ कार्तिक २०८३, बिहिबार

दाङमा एक जनाको हत्या, एक मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackदाङ, २७ मङ्सिर । तुलसीपुर नगरपालिका– १८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको बताउनुभयो ।

अज्ञात समूह वा व्यक्तिले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । चौधरीको घरदेखि चार सय मिको दूरीमा शव फेला परेको थियो । शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।

यसैबीच रामपुर गाविसमा अर्का एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता धनबहादुर कठायतका अनुसार अन्दाजी ३४ वर्षीय पुरुषको शव नालीमा फेला परेको छ । रासस