१२ कार्तिक २०८३, बिहिबार

सामाजिक सेवाका लागि महापुराणबाट ५१ लाख रुपियाँ संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarबाँके, २७ मंसिर । नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रम, नेपालगञ्जको आयोजनामा भएको श्रीमद्भागवत महापुराण तथा विराट राष्ट्र कल्याण महायज्ञ ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।

मंसिर १८ गते बृहत शोभाकलश यात्राबाट प्रारम्भ भएको अनुष्ठान मंसिर २५ गते समापन कार्यक्रम प्रश्चात विधिवत रुपमा अन्त्य भएको महायज्ञका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक रहनुभएको थियो ।

बाँके जिल्लाका सामाजिक अध्यात्मिक संघ/संस्था, समाजसेवी, व्यापारी, उद्योगी, पत्रकारलगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा ५०१ सदस्य मुल आयोजक समितिका संयोजक उद्योगी कृष्णप्रसाद श्रेष्ठ रहनु भएको थियो ।

नेपालकै साना भागवत वाचक पंडित संदेशकिशोर कौडिण्यको वाचनमा सम्पन्न श्रीमद्भागवतमा देशैभरिबाट भक्तजन एवं स्वयम सेवकहरुसहित हजारौको संख्यामा उपस्थिति थियो ।

नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा श्री चमेली वाई एवं महायज्ञकी प्रमुख संरक्षक महात्मा नन्दनी वाई एवं देशैभरिबाट संत महात्माहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल मानव धर्म सेवा समिति अञ्चल आश्रम, नेपालगंजको भवन निर्माण, विभिन्न सामाजिक उद्देश्य एवं देशमा धर्म जातजाती बिचमा रहेको बेविचार, विसंगती र सनातन हिन्दुधर्म जागृतिको लक्ष्य लिएर सुरु भएको महायज्ञमा ५१,००,००० ।– नगद, १,१२,००० ।– बराबरको धान, चामल र ३ कठ्ठा भूमिदान प्राप्त भएको छ ।