१२ कार्तिक २०८३, बिहिबार

एमाले नेता डा भट्टराईलाई पितृशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajan-bhattrai1-391x250काठमाडौँ, २६ मङ्सिर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सांसद डा राजन भट्टराईलाई पितृशोक परेको छ ।

उहाँका पिता पण्डित टङ्कनाथ भट्टराईको गएराति हृदयाघातबाट सहिद गङ्गालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सिन्धुपाल्चोकको सिन्धुकोटमा विस १९९२ असार २१ गते जन्मनुभएका पण्डित भट्टराई समाजसेवीका रुपमा परिचित हुनुहुन्थ्यो ।

केही समयदेखि मधुमेह र मुटुसम्बन्धी समस्यामा रहनुभएका पं भट्टराईलाई राति असजिलो महसुस भएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

उहाँको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । एमालेका नेता माधवकुमार नेपाल, सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलगायत पार्टीका वरिष्ठ नेताहरु श्रद्धाञ्जलिका लागि आर्यघाट पुग्नुभएको थियो । स्व भट्टराईका दुई छोरा र दुई छोरी हुनुहुन्छ । रासस