१२ कार्तिक २०८३, बिहिबार

महिलामाथि अश्लील व्यवहार गर्ने चिकित्सक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapभीमदत्तनगर, २६ मङ्सिर । अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कञ्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा कमलकिशोर राज पक्राउ परेका छन् ।

आज बिहान भीमदत्तनगरको गल्ली नं २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकी महिलालाई हस्पिटलका सञ्चालक समेत रहेका डा राजले दाँतको जाँचका क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ ।

अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । आफूले जाँच गर्दा ढिलाइ मात्र भएको अभियुक्तको भनाइ छ । रासस