सप्तरी, २६ मङ्सिर । तराई–मधेसमा एक्कासि बढेको चिसोका कारण मल्हनिया गाविसमा आज गाविस–५ निवासी ६५ वर्षीय रामसुन्दर चौधरीको कठ्ययाङ्ग्रिएर मृत्यु भएको छ ।
गए राति एक्कासि बढेको चिसोका कारण सिकिस्त बिरामी परेका चौधरीलाई उपचारका लागि लहानस्थित नर्सिङ होममा राखिए पनि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुई दिनदेखि तराईका जिल्लामा एक्कासि बढेको चिसोका कारण जनजीवन निकै प्रभावित भएको छ । रासस














प्रतिक्रिया