१२ कार्तिक २०८३, बिहिबार

आयल निगमका कर्मचारीको सुतेकै अवस्थामा जलेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nigam oil btm (4)

काँकडभिट्टा (झापा), २६ मङ्सिर । झापाको दुहागढी–४ चारआलीस्थित नेपाल आयल निगमको शाखा कार्यालय परिसरमा गएराति एक युवाको आगोले जलेर मृत्यु भएको छ ।

निगमको कार्यालय परिसरमा रहेको पुरानो काठे घरको एउटा कोठामा शुक्रबार राति ८ः३० बजे धनकुटा घर भई काठमाडौँको कपनमा डेरा गरी बस्ने २८ वर्षीय जयबहादुर बडुवाललाई सुतेकै ठाउँमा शरीर जलेर बेहोस भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

तत्कालै उपचारका लागि मेची अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले बडुवाललाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिनु भयो । डेढ वर्षअघि सम्म निगमको एक ट्याङ्करमा हेल्पर काम गरेका बडुवाल काम छाडेपछि लामो समयसम्म झापा बाहिरै बस्दै आएका थिए ।

शुक्रबार राति कतिखेर निगमको काठे घरमा बडुवाल प्रवेश गरे भन्ने थाहा नभएको कार्यालयका सुरक्षा गार्ड चन्द्रकान्त दासले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस