१२ कार्तिक २०८३, बिहिबार

भैँसी बोकेको ट्रक पल्टिँदा एकजनाको घटनास्थलमै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

धादिङ, २६ मंसिर । उत्तरी धादिङको सल्यानकोट गाविस–१ लामीडाँडामा शुक्रबार भैँसी बोकेको ट्रक पल्टिँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा सिन्धुलीका जीवन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विकट उत्तरी धादिङको फुलखर्क गाविसबाट धादिङबेसी आउँदै गरेको ना५ख ६४३७ नम्बरको ट्रक अनियन्त्रित भई कच्ची सडकबाट १३० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रक चालक फूलखर्क बस्ने जसबहादुर घले र सहचालक प्रवीण गुरुङ घाइते भएका छन् । घाइतेको सल्यानटार प्राथमिक केन्द्रमा उपचार भइरहेको छ । रासस