१२ कार्तिक २०८३, बिहिबार

सरकारसँग वार्ता गर्न थारूवानको समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhaniram-Chaudharyकाठमाडौँ, २५ मङ्सिर । थारूवान् संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ताका लागि सात सदस्यीय समिति गठन गरेको छ ।

वार्ताका लागि समितिका संयोजक धनिराम चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा वार्ता समिति गठन गरी थारूका मागका विषयमा सकारात्मक रहेको जनाएकाले समिति गठन गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

समितिमा सांसदहरु तेजुलाल चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, रमेशकुमार चौधरी, मालामती राना थारू र एकजना थारू मुक्ति मोर्चाबाट सदस्य रहनुभएको छ । रासस