– गणेश गिरी
पर्वत, २४ मंसिर । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले राष्ट्रिय स्वाधिनता बचाउन युवा संघ नेपाल मधेस जाने बताएका छन् ।
विहीबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पहारीले मधेसी दलका नेताहरुले राष्ट्र विरोधी काम गरिरहेको बताउँदै युवासंघ मधेस गएर राष्ट्रिय स्वाधिनताको लडाई लड्ने बताएका हुन ।
भेलालाई सम्बोधन गर्दै पहारीले संविधानका अन्तरवस्तुमाथि गलत ब्याख्या गर्दै मधेसी दलले गरेको आन्दोलन राष्ट्रहित विरोधी भएको बताउदै पहारीले युवा संघ नेपालले त्यसको भण्डाफोर अभियान सञ्चालन गर्ने बताएका हुन । ‘देशलाई समस्या पर्दा युवा संघ सधै अग्रपक्तिमा छ’ पहारीले भने । पहाडी जिल्लाका भेलाहरु लगतै आफूहरु मधेस केन्द्रित युवाहरुलाई प्रशिक्षण अभियानमा लाग्ने बताए । ‘मधेसका केहि युवाहरुमा पनि भ्रम परेको छ’ अध्यक्ष पहारीले भने–‘सवै भ्रम चिर्न अव युवा संघले अगाडि सरीसकेको छ ।’ मधेस, पहाड र हिमाल मिलेर नै समृद्ध नेपाल बन्न सक्ने बताउदै पहारीले युवाहरु गलत प्रशिक्षणको पछि लाग्न नहुने बताए ।
कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष तथा एमालेका युवा नेता पदम गिरीले राष्ट्रहित विरोधी मधेसी दलका नेताहरुलाई नेपाली जनताले अग्रमोर्चामा उभिएर विरोध गर्नुपर्ने बताए । अंगिकृत नागरिकता जस्ता राष्ट्रहित विपरीतको मागमा नेकपा एमाले कहिल्यै सहमत हुन नसक्ने भन्दै नेता गिरीले राष्ट्रियताको पक्षमा एमालेले कुनै सम्झौता नगर्ने स्पष्ट पारे । एमाले सधै राष्ट्रि स्वाधिनता र अखण्डताको पक्षमा उभिएको बताउदै युवाहरुको आकर्षण एमालेलेमा बढदै गएको दाबी समेत गरे । नेकपा एमालेको सरकारसंग जनताका थुप्रै जनआकाक्षाहरु रहेको बताउदै गिरीले सवै आकाक्षाहरु एकै साथ पुरा गर्न भने गाह्रो रहेको बताए ।
कार्यक्रममा युवा संघ नेपालका सचिव वचन सिंहले नेपाली जनता माथि भारतले दिएका दुःखको हिसाव किताव लिनुपर्ने बताए । सिंहले नेपाली जनताले पचाउनै नसकिने गरी माग राखेर भारत परस्त नेताहरुले गरीरहेको आन्दोलनको कुनै तुक नरहेको दाबी पनि गरे । युवा संघ नेपाल पर्वतका अध्यक्ष विमल लामिछानेको अध्यक्षतामा सम्पन्न भेलाको स्वागत उपाध्यक्ष थमनारायणप शर्मा र सञ्चालन ढाकाराम सापकोटाले गरेका थिए ।















प्रतिक्रिया