महोत्तरी, २४ मङ्सिर । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवेकपूर्ण ढङ्गले राजनीतिक सहमतिबाट हाल देशमा जारी समस्याको समाधान खोजिनुपर्ने बताउनुभएको छ ।
बर्दिवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सीमाङ्कनको हेरफेरको पक्षमा आफ्नो पार्टी तयार रहेको बताउनुभयो । जनसङ्ख्या र भूगोलका आधारमा एक जिल्लालाई एक निर्वाचन क्षेत्र हुने गरी निर्वाचन क्षेत्रको समस्या समाधान गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस














प्रतिक्रिया