१२ कार्तिक २०८३, बिहिबार

लुटपाट गर्ने गिरोह अवैध हतियारसहित पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolरौतहट, २४ मङ्सिर । यस जिल्लाको कर्कच कर्मैया गाविस–९ स्थित लालबकैया नदीमा बसी लुटपाट गर्ने गिरोहलाई आज प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार बकैया पुलमा बसी बटुवालाई कटुवा पेस्तोल र अन्य धारिला घरेलु हतियार देखाई लुटपाट गर्ने चारजनामध्येका एक लुटेरालाई अवैध कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कर्कच कर्मैया गाविस–८ बस्ने २० वर्षीय रामानन्द मुखिया रहेका छन् । अन्य तीनजना भने भागेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पुलमा बसेका लुटेराले सरमुजवा गाविस–६ बस्ने शिवपुजन यादव, दिपही–३ बस्ने राजेश कलवार, वैद्यनाथ चौधरी, अनोठा कलवार र सन्तोषकुमार साहलाई लुटपाट गरेका थिए । रासस