१२ कार्तिक २०८३, बिहिबार

भारतीय राजदूतका अगाडि धर्ना दिँदा तीन दर्जन मानव अधिकारकर्मी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-pahadiकाठमाडौँ, २४ मङ्सिर । भारतको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने माग राख्दै भारतीय राजदूतावास अगाडि धर्ना दिन पुगेका तीन दर्जन मानव अधिकारकर्मी पक्राउ परेका छन् ।

मानव अधिकार तथा शान्ति समाज नेपालको अगुवाइमा धर्ना दिन पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका सभापति गङ्गाधर अधिकारी, मानव अधिकारकर्मी होमकान्त चौलागार्इं, कृष्ण कँडेल, अर्जुन पराजुली, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुकृष्ण ढुङ्गेल, पुष्पा केसी, रमेश सिम्खडा, दीपक पुडासैनी, दिवाकर सिलवाललगायत पक्राउ परेका हुन् ।

६७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा समाजले १० दिने विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

यसअन्तर्गत समाजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रह गर्दै लेखिएको पत्रमा हस्ताक्षर सङ्कलन गर्ने कार्य जारी राखेको छ । रासस