– अनिल खत्री
गुल्मी, २४ मंसिर । कमसल खालको मदिरा विक्रीवितरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रतिबन्ध लगाएको छ ।
विप्लव माओवादीका कार्यकर्ताले गुल्मीमा सस्तो, न्यून गुणस्तरको र प्लाष्टिकको भाँडामा राखेर विक्री वितरण हुने सोफी नामको ७० यूपीको मदिरा बन्द गराएरै छाडेका हुन् ।
गत कात्तिक महिनामा बिज्ञप्ति निकालेर उक्त मदिरा विक्री वितरणमा प्रतिबन्ध लगाईने बताएको थियो । विप्लव समूहले केहीदिन अघि जिल्लाका बिभिन्न स्थानमा विक्रीका लागि लैँजादै गरको मदिरा कब्जा गरी नष्ट गरेको थियो । मदिरा नष्ट गरे लगतै उद्योग वाणिज्यसंघ, व्यापारी र विप्लव माओवादीबीच उक्त मदिरा विक्री वितरण नै नगर्ने सहमति भएको छ ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय तथा श्रीप्रसाद भलामी सहित व्यवसायी र माओवादीबीच भएको सहमतिमा आगामी पुस ५ गतेभित्र ७० यूपीको मदिरा बेचेर सकिसक्ने र त्यसपछि पूर्ण प्रतिबन्ध लगाउने सहमति भएको छ ।
गुल्मीमा मदिराले अत्यन्तै विकृति ल्याएकोले मदिरा नियन्त्रण अभियान अन्तर्गत पहिलो चरणमा ७० यूपिको मदिरा बन्द गराईएको नेकपा (माओवादी) विप्लव समूहका सचिवालय सदस्य खिम खड्काले बताए । उनले प्लाष्टिकमुक्त बनाउने अभियानमा उद्योग वाणिज्य संघको अगुवाईमा सरोकारलाला नै लागेको अवस्थामा यसरी मदिरा बेच्नु गलत भएकोले आफूहरुले यो अभियान चलाएको बताए ।
गुल्मीमा बेलुका ५ बजेपछि मात्रै खुद्रा मदिरा विक्री गर्ने र १८ वर्ष मुनिका बालबालिकालाई मदिरा नबेच्ने सहमति भएको छ । लाईसेन्स लिएकाबाहेक अन्य पसलहरुबाट मदिरा विक्रीवितरण पूर्ण प्रतिवन्ध लगाईएको खड्काले बताए । मदिरा व्यवसायीहरु मदिरा भण्डारण न्यूनिकरण गर्ने विषयमा पनि सहमत भएको छन्














प्रतिक्रिया